अमेरिकी रोजगारी सिर्जनामा थप वृद्धि, वेरोजगार दर ४९ बर्ष यताकै न्यून
इन्द्र रिजाल
बैशाख २०, २०७६ शनिबार ४:१६:५३
संयुक्त राज्य अमेरिका । रोजगारी सिर्जनाका हिसाबले संयुक्त राज्य अमेरिकाका लागि अप्रिल महिनाले पनि व्यापक सफलताको सन्देश प्रवाह गरेको छ ।
अमेरिकामा सन् १९६९ पछि अर्थात् विगत ४९ बर्ष यता पहिलो पटक बेरोजगार दर यस बर्ष न्यून विन्दुमा झरेको सरकारद्वारा शुक्रबार जानकारी गराइएको छ ।
रोजगार दरमा देखिएको वृद्धिको सफलतासँगै चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतन्त्रमा कमी आउनसक्ने कतिपयको अनुमान र भयबीच एउटा सकारात्मक सन्देश सञ्चार भएको छ ।
अमेरिकी राष्ट्रपतिका लागि अर्को कार्यकाल पनि उम्मेदवार बन्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पलाई निर्वाचनको वातावरण आफू अनुकुल बनाउन सहज बनेको छ ।
अमेरिकी विनिर्माण क्षेत्र, स्वास्थ्य सेवा, कम्प्युटर प्रणाली संरचना, प्रशासनिक सहयोग र अन्य उद्योगहरूमा गत महिना देखिएको रोजगारी सिर्जनाबाट अमेरिकामा अप्रिल महिनामा मात्र दुई लाख ६३ हजार नयाँ अबसर खुलेका सरकारी तथ्याङ्कमा उल्लेख छ ।
अर्थशास्त्रीहरूले रोजगारीका अबसरबारे अपेक्षा गरेभन्दा अप्रिलमा सिर्जना भएका अबसरका बाबजुद पनि कामदारको तलव तथा ज्यालामा वृद्धि हुने बताइएको छ ।
रोजगार विहीन दर दुई दशांसले घटी ३.६ प्रतिशत पुगेको भएपनि कतिपय अमेरिकीहरूले अझै रोजगारीको अवसरबाट बञ्चित देखिएका तथ्याङ्कमा उल्लेख छ । गत बर्षको अप्रिल महिनाको तुलनामा औषत प्रतिघण्टाको वेतन दरमा यो बर्षको सोही अवधिमा ३।२ प्रतिशत बढेको छ । यो अमेरिकी रोजगारी दरमा निरन्तर नवौँ महिनाको वृद्धि हो ।
गत मार्च महिनाको तुलनामा पारिश्रमिक असुलमा मात्रै ०।२ प्रतिशत वृद्धि आउँदा यस पहिले अमेरिकाले गरेको पक्षेपणभन्दा निकै भिन्नता देखिएको छ ।
यद्यपि आगामी दिनमा अमेरिकी ब्याजदर कटौतिका लागि अमेरिकी फेडेरल रिजर्भ तथा लगानीकर्ताहरूमा दवाब रहने र थप रोजगारीका अवसर सिर्जना हुने सम्भावना निकै न्यून रहेको विश्लेष्कहरूले बताएका छन् । निर्माण क्षेत्रमा पनि थप रोजगारीका अवसर आउने सम्भावना पनि न्यून रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
छलफलमा त प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हेरौँ नतिजा कस्तो आउँछः कांग्रेस
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
डा. चिरञ्जीवी नेपालले राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट दिए राजीनामा
बैशाख ३०, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहरमा तस्बिर खिच्नेको भीड
बैशाख ३०, २०८१ आइतबार