आज आईपीएलमा दुई खेल हुँदै, दिल्लीको नजर ‘टप टु’मा !
इन्द्र रिजाल
बैशाख २१, २०७६ शनिबार १३:५१:३२
एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज ‘शनिबार’ दुई खेल हुदैछ । समुहको शीर्ष दुईमा स्थान बनाउने लक्ष्य सहित दिल्ली क्यापिटल्सले राजस्थान रोयल्ससंग प्रतिस्पर्धा गर्दैछ ।
अर्को खेलमा प्लेअफमा स्थान बनाउन संघर्षरत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ । पहिलो खेलमा राजस्थानविरुद्व मैदान उत्रदै गर्दा दिल्लीको लक्ष्य शीर्ष दुईमा स्थान बनाउनु हुनेछ ।
घरेलु मैदानमा खेल्दा कुनैपनि टोलीलाई फाईदा हुने गर्छ । सबै कुरा आफु अनुकुल बन्दा विपक्षीलाई दबाबमा राख्न सकिने विश्वास गर्न सकिन्छ । तर दिल्लीले घरेलु मैदानमा खेलिएका ६९ खेलमा मात्र ३० खेलमा जितेको छ ।
तर पछिल्लो समय दिल्लीको रेकर्ड सुधार उन्मुख छ । उसले यस सिजन ६ खेलमा तीन खेल भने जितेको छ । सन् २०१२ पछि पहिलो पटक प्लेअफमा छानिएको दिल्ली अब शीर्ष दुईमा छनोट हुदै फाईनलमा स्थान बनाउने दाउमा छ ।
प्रतियोगिताबाट बाहिरिसकेको राजस्थान आजको खेलबा सुखद अन्त्य गर्न चाहन्छ । दिल्ली १६ अंक सहित तेस्रो स्थानमा रहदाँ छैटौ स्थानको राजस्थानको ११ अंक छ ।
राजस्थानविरुद्व मैदान उत्रदै गर्दा सबैको नजर दिल्लीमा प्लेईङ सेटमा रहनेछ । दिल्लीले चेन्नेईविरुद्वको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई प्लेईङ सेटमा मौका दिएको थिएन ।
उसले सुरुमा सन्दीपको नाम समावेश गर्दै प्लेईङ सेटको घोषणा गरेपनि अन्तिम समयमा उनलाई टिम बाहिर राखेको थियो । सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटी २० महिला विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, ५६ रन मात्र बनाउन सक्यो
माघ ९, २०८१ बुधबार
नेपाल सामू अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य
माघ ९, २०८१ बुधबार
४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन
माघ ९, २०८१ बुधबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोप नेकपा एमालेले निष्कासन गर्यो अछामका ६ जना नेता
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार