कर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
रासस
कात्तिक २७, २०८१ मंगलबार १०:५६:५८
२७ कात्तिक, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।
दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताए । स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।
प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपसरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
अचानक पुटिनका गुरुले भारतलाई महान हिन्दू सभ्यताको पुनर्स्थापना गर्न आवश्यक छ किन भने ?
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री लेखक
मंसिर ६, २०८१ बिहिबार
सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार