कात्तिक ८ गते काटेका २८ उद्योगमा लाइन जोडियो
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार ११:५१:२९
२८ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते काटेका २८ उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलबार बोर्ड बैठक बसेर लाइन जोडेको हो । मंगलबार रातीदेखि लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिएको हो । विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मंगलबार बिजुली जोड्ने निर्णय गरेको थियो । आइतबार मन्त्रिपरिषद् बैठकले बिजुली जोड्ने, १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले यही कात्तिक ८ मा डेडिकेटेड र ट्रंक लाइनबापत बिजुली खपत गरी बक्यौता नतिरेको भन्दै २८ उद्योगमा बिजुली काटेको थियो । किस्ताबन्दी सुविधा लिएर पहिलो किस्ता तिरेपछि १२ उद्योगमा तिहारअघि नै बिजुली जोडिएको थियो । प्राधिकरणले सरकारी २ उद्योग र अन्तरिम आदेश लिएका ७ वटा उद्योगमा बिजुली काटेको थिएन ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको आयोगको सुझावअनुसार नै बक्यौता असुल गर्ने जनाएको छ । प्राधिकरणले पनि सोही आयोगको सुझावअनुसार बक्यौता उठाउन ताकेता गर्दै आएको जनाएको छ । ०८० पुस २४ मा बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको उक्त आयोगले गत वैशाख २३ मा तत्कालीन ऊर्जामन्त्री शक्ति बस्नेतसमक्ष प्रतिवेदन बुझाएको थियो ।
आयोगले पहिलो अवधि ०७२ साउनदेखि ०७२ पुससम्मको महसुल तय नभइसकेको र तेस्रो अवधि ०७५ जेठदेखि ०७७ असारसम्मको हकमा लोडसेडिङ अन्त्य भइसकेकाले बक्यौता उठाउन नमिल्ने सुझाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार