२० एसएसपी बढुवाको दौडधुपमा ३० प्रतिस्पर्धी, दवाव बढाउन शक्तिकेन्द्रमा लाइन लाग्दै प्रहरी अधिकृतहरु
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार १२:३२:०
२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीमा डीआईजीदेखि एसपीसम्मको बढुवा तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले एक दुई दिनमै बढुवा समितिको बैठक राखेर बढुवाको तयारी गरेको हो । नेपाल प्रहरीमा सिनियर प्रहरी अधिकृत नायव महानिरीक्षक (डीआईजी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म ठूलो संख्यामा रिक्त रहेका पदमा बढुवा तयारी भएको हो ।
शुरुमा डीआईजी त्यसपछि एसएसपी र एसपीको बढुवा हुने बताइएको छ । बढुवामा सबैभन्दा बढी प्रतिस्पर्धा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मै देखिएको छ । अहिले एसएसपीमा २० पद रिक्त रहेका छन् । जसमा ३० भन्दा बढी एसपी प्रतिस्पर्धामा रहेका छन् । प्रतिस्पर्धा चर्को भएपछि बढुवाको दाबेदारहरु अहिले गृहमन्त्री रमेश लेखकको सरकारी निवासमा चर्को भीडभाड रहेको छ । साथै प्रहरी बढुवाको तयारी भएपछि बिचौलियाहरुले पनि मन्त्री निवासमा धर्ना दिन थालेका छन् ।
डीआईजी बढुवा गरेपछि एसएसपीको बढुवा हुने भएको छ । जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएकाहरू र २०५८ मा इन्स्पेक्टरमा भर्ना भएकाहरू बीचमा प्रतिस्पर्धा हुनेछ । २०५६ मा भर्ना भएकाहरुमध्ये ६ जना अहिले पनि एसपी छन् । जसमा विनोद सिलवाल, गोविन्द अधिकारी, विमलराज कँडेल, तुलबहादुर कार्की, राकेश सिंह र राजीव बस्नेत छन् । उनीहरुमध्ये विमलराज कँडेल विवादित एसपी हुन । उनी कारबाही भोगेका अधिकृत हुन् । विवादमा तानिएपछि स्याङजाबाट ६ महिनामै कँडेललाई तानिएको थियो । ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षक (आईजी) भएपछि उनलाई स्याङ्जा पठाइएको थियो ।
यद्यपि उनीहरू पनि २०५८ कै टोलीसँग एसपीमा बढुवा भएका थिए । २०५८ मा इन्स्पेक्टरमा भर्ना भएका ८९ जना पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा पहिलो लटमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए । २०५८ का ब्याचीहरु पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए । कार्की, सिंह र बस्नेत भने २०५८ कै टोलीकाे दोस्रो लटमा २०७७ वैशाखमा हुँदा उनीहरू पनि बढुवा भएका थिए ।
तर २०५८ को ब्याचबाट रमेश थापा पहिलो नम्बरमा बढुवा हुने सम्भावना छ । किनकी उनी अन्नपूर्ण मिडिया नेटवर्कका मालिक तथा वर्तमान गठबन्धनका हर्ताकर्ता क्याप्टेन रामेश्वर थापाका भाई हुन । साथै दोस्रो, तेस्रो र चौथो वरियतामा कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७५ फागुन ३ मा एसपी बढुवा भएको सूचीबाट विवादमा परेका प्रकाश रानाभाट र कमल थापा छन् । रानाभाट र थापा अहिले प्रहरीकै अनुसन्धानमा रहेका छन् । उनीहरू बाहेक जनार्दन जीसी, कृष्ण कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, नवराज अधिकारी र बीरबहादुर बुढा लगायतको टोली बढुवामा पर्ने देखिन्छ ।
त्यस्तै होविन्द्र बोगटी, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अजय केसी, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, वेद विष्ट, राजेन्द्र धमला पनि बढुवाका दाबेदार हुन् । उनीहरू एसएसपी बढुवा सिफारिस भएपछि ३२ प्रहरी उपरीक्षक (एसपी) र ६४ नायब उपरीक्षक (डीएसपी)को पनि पद रिक्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार