कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार १८:३०:५८
२९ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिएका छन् । आज यहाँ नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न निजी क्षेत्रसँग आग्रह गरे।
“नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ । अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ”, उपप्रधानमन्त्री सिंहले भने ।
उपप्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान सरकारले योजनाबद्ध रूपमा काम गरिररहेको जानकारी दिँदै उद्योग वाणिज्य सङ्घ तथा निजी क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताए । उनले भने, “निजी क्षेत्रले उठाएका कुरालाई सरकारले सकाात्मक रूपमा लिएको छ ।”
भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘फिन इलेक्ट्रो टेक’ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, विद्युतीय तथा वैकल्पिक ऊर्जा क्षेत्रका उद्यमीलाई एउटै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिका बारेमा सूचना आदानप्रदान गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार