राष्ट्रिय कर दिवस: धेरै आयकर तिर्नेमा पर्यो नेपाल टेलिकम, वित्तीय र बीमातर्फ नविल बैंक अगाडि
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार ११:४२:१८
१ मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमका बीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।
राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको हो । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर तिर्नेमा टेलिकम र वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ । पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै कर तिर्नेमा तारागाउँ रिजेन्सी होटल छ ।
वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको छ । विशेष उद्योगहरुमध्ये आयविवरण अनुसार सबैभन्दा बढी आयकर बुझाउनेमा वरुण वेभरेज नेपाल छ । रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा धेरै कर तिर्नेमा सिटी एक्सप्रेस मनी ट्रान्सफर छ ।
विभागका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बीमातर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।
वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस् एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।
को को छान अगाडि
एकलौटी फर्मतर्फ: श्रुति ट्रेडर्स
निर्यात: डाबर नेपाल
सूचना प्रविधि निर्यात: कोडावतार टेक प्रालि
कृषि तथा पशुपंक्षीजन्य उद्योग: पतञ्जलि आयुर्वेद
बैङ्क तथा वित्तीय संस्था: नबिल बैङ्क
स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ: लुम्बिनी मेडिकल कलेज
पर्यटन व्यवसाय: तारागाउँ रिजेन्सी होटल
वस्तु व्यापार: भाटभटेनी सुपर मार्केट
५० करोडदेखि १ अर्बसम्मको कारोबारमा बढी कर तिर्ने: सीडीएस एन्ड क्लियरिङ
ऊर्जा: भोटेकोसी पावर कम्पनी
रेमिटेन्स तथा मनि ट्रान्सफर: सिटी एक्सप्रेस मनि ट्रान्सफर
व्यक्तिगत आयकर: राजबहादुर शाह
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमित: होङ्सी सिमेन्ट
५० करोडसम्म कारोबार : सोल्टी इन्टरप्राइजेज
विशेष उद्योग: वरुण वेभरेज
सबैभन्दा धेरै आयकर तिर्ने: नेपाल टेलिकम
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
कर दिवसमा विभिन्न कार्यालयका १० कर्मचारी सम्मानित
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार