उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १३:५५:४२
२ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा विभिन्न दलको उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । नेकपा एमालेले सबै पदमा उम्मेदवारी दिएको छ । राजमान मानवले स्वतन्त्र उमेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा आइतबार पुगेर मानवले मनोनयनपत्र दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन उनीसहित केही समर्थक निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । सरसफाइ अभियान चलाउँदै आएका उनीहरूले हातमा कुचोसहितका सामग्री बोकेका थिए । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका राजमान ०६० सालसम्म नेकपा एमालेमा आबद्ध थिए । अहिले उनले स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने कीर्तिपुर नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने भएको छ । रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका प्रमुखमा उम्मेदवारी नदिने बताए । त्यहाँ कसलाई भोट दिने भन्ने छलफल भइरहेको उनले जानकारी दिए । काठमाडौं महागरपालिका–१६ को अध्यक्षमा भने रोजिना श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
मेयर पदका लागि एमालेका तर्फबाट सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति एमालेका तर्फबाट हर्ष महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति एमालेका तर्फबाट बद्री बुढाथोकीले उम्मेदवारी दिएका छन् । पार्टीले यसअघि उक्त पदमा उनीहरूलाई उम्मेदवारका रूपमा चयन गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट इन्जिनियर ध्रुव महर्जनले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट सुरेन्द्र उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् । कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति राप्रपाका तर्फबाट विजेश बस्नेतले उम्मेदवारी दिएका छन् ।
आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ । आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार