रौटहटमा पनि तस्करी चालु ! घुमुवा फिरोजको आतंक
इन्द्र रिजाल
बैशाख २१, २०७६ शनिबार २१:२५:१०
रौतहट । तस्करीको अखडाका रूपमा चिनिँदै आएको रौतहटमा यतिबेला तस्करहरूले घुमुवा प्रयोग गरेर अनुकूलको समयमा तस्करी धन्दा शुरु गरेका छन् ।
एसपी भूपेन्द्र खत्रीका घुमुवा हवल्दार फिरोज खाँलाई मिलाएर तस्करहरूले लाइन चलाइरहेका छन् । रौतहटमा लामो समयदेखि बसी बदनामी कमाएका प्रहरीका घुमुवा हुन् । कपडाको तस्करीमा संलग्न सञ्जय साह, कपडा तथा मरिचको तस्करीमा संलग्न उमाशंकर जयसवाल, कन्हैया, कपडा एवम् खैनीको तस्करीमा संलग्न लक्ष्मी साह, स्टिल तथा विद्युतीय सामानको तस्करीमा संलग्न राम जैद, हार्डवेयरको तस्करीमा संलग्न श्यामसुन्दर, मरिचको तस्करीमा संलग्न मुखिम एवम् कपडा र चल्लाको तस्करीमा संलग्न राजीव र मनोजसँग घुमुवा हवल्दार खाँको नजिकको सम्बन्ध रहेको छ ।
यी तस्करहरूले रौतहटको सुनरमिया, बेलबिछिया, बंकुल नाकाहरूलाई प्रयोग गरी तस्करी गर्दै आइरहेका छन् । केही महिनाअघिमात्रै काठमाडौँबाट गौर चल्ने दुईवटा रात्रिकालीन बसको भाइबर (बसको अगाडिको भाग) मा तस्करीको सुन ल्याउने क्रममा पक्राउ परेको थियो । एक किलो ७ सय ९० ग्राम उक्त सुनमा नाम जोडिएपछि रौतहटमा लामो समयदेखि घुमुवा बसेका राजमंगल सिंह वीरगञ्ज पुगेका छन् तर सँगै रहेका फिरोज खाँ भने अहिलेसम्म पनि रौतहटको घुमुवाका रूपमा परिचालित छन् ।
एसपी भूपेन्द्र खत्रीले तस्करी रोक्ने र तस्करीमा संलग्न भएका खण्डमा मातहतका जोकोही प्रहरीलाई पनि कारवाही गर्ने बताईरहदाँ हवल्दार फिरोज खाँले एसपीको निर्देशन लत्याएर तस्करहरूलाई एक्लै लाइन दिए भनी पत्याउने आधार भने छैन् । घुमुवा फिरोज खाँलाई २ नम्बर प्रदेश प्रहरीका उच्च अधिकृतको समेत संरक्षण रहेको जिप्रकाका प्रहरीहरू बताउँछन् । – जगन्नाथ सोनीबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार