नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १२:३३:४२
३ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ 'मकालु' आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।
जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो ।
उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”
उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार