राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १५:४६:३७
३ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको सोमबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिए लगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो ।
उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी,सुरक्षा निकायका प्रमुख, नेता–कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको भीड लागेको थियो । अन्तिम बिदाइ अघि ढुंगानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरणमा राखेको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपप्रधानमन्त्री द्वय,प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक,परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत सरकारका मन्त्रीहरू गौचरण पुगेका थिए। यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूले पनि ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए ।
अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल,नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ढुंगाना पनि गौचरण पुगेका थिए । ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार