'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार ११:१७:२५
४ मंसिर, काठमाडौं । भारतीय चर्चित टिभी शो 'तारक मेहता का उल्टा चश्मा' फेरी नयाँ विवादमा परेको छ । पछिल्लो समय धेरै कलाकारले शो छोडेका छन् भने शो का निर्माता आसित मोदीसँग धेरै कलाकारको विवाद समेत भएको छ ।
यसैबीच निर्माता मोदीसँग शो का प्रमुख कलाकार दिलिप जोशी उर्फ जेठालालबीच झगडा भएको भारतीय मिडियाहरुले चर्चा गरेका छन् ।
अभिनेता दिलीप जोशी र निर्माता असित मोदीबीच शो को सेटमै केहि समय अघि चर्को विवाद भएको बताइएको छ । रिपोर्टका अनुसार, जोशीले आफ्नो छुट्टीको बारेमा कुरा गर्न खोजिरहेका बेला मोदीले बेवास्ता गरेपछि विवाद बढेको थियो ।
जोशीले असितसँग कुरा गर्न खोजेको बेला उनी अभिनेता कुश शाहलाई भेट्न गएपछि जोशीले आफ्नो अपमान भएको महसुस गरेपछि विवाद बढेको बताइएको छ ।
जोशीले मोदीको कलर समातेर शो छोड्ने धम्की दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर मोदीले जोशीलाई शान्त गराएको बताइएपनि विवाद कसरी मिल्यो भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन । जोशीको यस अघि पनि असित मोदीसँग पटक पटक झगडा गरिसकेका छन् ।
यसैबीच शो छाडेका धेरै कलाकारले मोदीको व्यवहारको गुनासो गरेका छन् । कतिपयले उनीविरुद्ध उत्पीडन र तलब रोक्का गरेको भन्दै कानुनी मुद्दासमेत दायर गरेका छन् । शोमा जेठालाल गड्डाको भूमिका निभाएका दिलीप जोशी सो शोसँग आबद्ध भएको १६ वर्ष भइसक्यो । उनको चरित्रमा उनको अभिनयको लागि उच्च सम्मान गरिएको छ, जुन अहिले लोकप्रिय संस्कृतिको एक हिस्सा बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार