राफेल नाडालको टेनिसबाट बिदाई
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार ११:१४:३
५ मंसिर, काठमाडौं । स्पेनका स्टार टेनिस खेलाडी राफेल नाडालले टेनिसलाई बिदाइ गर्ने भएका छन् ।पुरुष एकल विधामा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने दोस्रो खेलाडी नाडाललाई विश्वकै उत्कृष्ट खेलाडीमा गनिन्छ । डेभिस कपको फाइनलमा हार बेहोरेपछि ३८ बर्षिय नाडालले यो आफ्नो अन्तिम खेल भएको बताएका हुन् ।
२२ ग्राण्ड सलाम जितेका नाडालले खेलपछि आफूले देखेको सपनाभन्दा पनि धेरै हासिल गरेको बताएका छन् । नाडालले टेनिसमा उनका प्रतिद्वन्दी नोभाक जोकोभिकपछि दोस्रो धेरै ग्राण्ड सलाम जितेका छन् । उनले फ्रेन्च ओपनको उपाधि रेकर्ड १४ पटक जितेका छन् ।
त्यस्तै उनले चार पटक युएस ओपन जितेका छन् भने अस्ट्रेलियन ओपन र विम्बल्डन २-२ पटक जितेका छन् । त्यस्तै उनले ओलापिकमा सिंगल र डबल स्वर्ण पटक समेत जितेका छन् ।
सन्यास अघि वर्षौंसम्म नाडालविरुद्ध खेलेका रोजर फेडेररले उनको लागि भावनात्मक सन्देश दिएका छन् । नाडालका साथी तथा प्रतिद्वन्द्वी फेडेररले नाडालले आफुलाई टेनिसमा थप रमाइलो बनाएको बताएका छन् ।
४० खेल र १५ वर्षसम्म चलेको यी दुईबीचको प्रतिद्वन्द्वी टेनिस फ्यानका लागि आकर्षणको केन्द्र बनेको फेडेररले बताएका छन् । फेडेररले सामाजिक सञ्जालमा नाडाललाई भावुक सन्देशमा लेखेका छन्, ‘तिमीले टेनिसबाट ग्रेजुएट हुने तयारी गरिरहँदा म धेरै भावुक हुनुभन्दा पहिले केही कुरा साझा गर्न चाहन्छु । अरू कसैले मलाई चुनौती दिएको भन्दा धेरै पटक तपाईंले मलाई हराएका छौं । क्ले कोर्टमा जब म तिम्रो विरुद्ध खेल्थे, मलाई तिम्रो घरको आँगनमा खेलेको जस्तो लाग्थ्यो । तिमीले मलाई यहाँ सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने बनायौं । तिमिईसँग कस्तो अचम्मको कीर्तिमान छ, १४ फ्रेन्च ओपन उपाधि ऐतिहासिक छ । तिमीले स्पेन र टेनिसको सम्पूर्ण विश्वलाई गौरवान्वित बनाएका छौं ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार