ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १५:६:५७
५ मंसिर, लण्डन । ओस्कार अवार्ड विजेता अभिनेत्री मिसेल योहले बच्चा जन्माउन नसक्दा आफू ‘असफल’ भएको अनुभव गरेको बताएकी छन् । उनले आफूले जहिल्यै पनि परिवार चाहेको र व्यापारी सर डिक्सन पोनसँग सन्तान र आउँदो पुस्ताको विषयमा बहस हुने गरेको खुलाएकी छन् ।
मिसेलले आफूले प्रजनन उपचार गरे पनि त्यो सफल हुन नसकेको भन्दै दुःखेसो गरेकी छन् । ‘र मलाई लाग्छ कि सबैभन्दा नराम्रो क्षण यो हो कि तपाईंले हरेक महिना त्यस्तो असफलता महशुस गर्नुहुन्छ’, उनले भनेकी छन्, ‘मलाई लाग्छ कि एउटा निश्चित विन्दुमा पुगेपछि तपाईंले आफूलाई दोष दिन छोड्नुहुन्छ । तपाईंको शरीरमा केही चिजहरु छन्, जसले काम गर्दैनन् ।’
६२ वर्षीया अभिनेत्रीले गत वर्ष ‘एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स’का लागि ओस्कार अवार्ड जितेकी थिइन् । उनी ‘टुमरो नेभर डाइज’, ‘क्राउचिङ टाइगर’, ‘हिडन ड्रागन’ र ‘क्रेजी रिच एसियन्स’ जस्ता फिल्मका लागि पनि परिचित छिन् ।
योह र पोनले सन् १९८८ मा विवाह गरेका थिए । उनीहरुको वैवाहिक जीवन सन् १९९२ सम्म मात्र चलेको थियो । उनले सन्तान नहुनुलाई ‘इमान्दारितापूर्वक प्रयासको कमी नभएको’ बताइन् ।
उनले ६२ वर्षको उमेरमा आफूले बच्चा नजन्माए पनि भर्खरै नातिनातिना पाएको जनाएकी छन् । उनले गत वर्ष पुनर्विवाह गरिन् र उनको सौतेला छोरा र बुहारीले जनवरीमा बच्चा जन्माएका छन् । योहले फ्रेन्च मोटर रेसिङ एक्जिक्युटिभ जिन तोदसँग सन् २००४ मा इन्गेजमेन्ट गरेकी थिइन् । यो जोडीले सन् २०२३ मा विवाह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार