जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १६:१३:३३
५ मंसिर, कैलाली । नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् ।
निर्वाचन अधिकृत प्रेम भट्टका अनुसार नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन् । समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र भुल दुईजनाको उम्मेदवारी परेको थियो ।
नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार बुधबार थारुले उम्मेदवारी फिर्ता लिएपछि फिर्ता लिएपछि कांग्रेस उम्मेदवार भूल निर्विरोध भएकी हुन् । एमालेले भने यसअघि नै कांग्रेस उम्मेदवार भूललाई समर्थन गरेर साझा उम्मेदवार बनाएको थियो । सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सत्ता गठबन्धन छ ।
नागरिक उन्मक्ति पार्टीकी उम्मेदवारले फिर्ता नलिएको अवस्थामा पनि कांग्रेस एमालेकी साझा उम्मेदवार भूल निर्वाचित हुने निश्चित थियो । २५ जना कुल मतदाता रहेको सुदूरपश्चिममा कांग्रेस एमालेको मत संख्या १३ जना पुग्छ । कांग्रेससँग आठ र एमालेसँग पाँच मत संख्या छ । कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदम कलेलको ०७९ साल पुस २३ गते मृत्युभएपछि पद रिक्त थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
कात्तिक १६, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
तिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार