हुवावे फाइब–जी सार्वजनिकीकरणमा अपराध भएको छैन : बेलायती प्रहरी
इन्द्र रिजाल
बैशाख २१, २०७६ आइतबार ४:४६:२२
लन्डन । चिनियाँ टेलिकम कम्पनी हुवावेलाई तिब्र गतिको इन्टरनेट सेवा ‘फाइब जी’ को सीमित अनुमति दिइएको बारेमा भएका खुलासाहरु फौजदारी अपराध नरहेको बेलायती प्रहरीले स्पष्ट गरेको छ ।
प्रधानमन्त्री थेरेसा मेले बुधबार यही आरोपमा रक्षामन्त्री ज्याभिन विलियम्सनलाई बर्खास्त गरेका थिए। बेलायतको राष्ट्रिय सुरक्षा परिषदको अप्रिल २३ मा बसेको बैठकमा भएको निर्णय सार्वजनिक हुनुमा प्रधानमन्त्री मेले रक्षामन्त्रीमाथि दोष लगाउए ।
परिषदमा भएको छलफलमा बरिष्ट मन्त्रीहरु र सुरक्षा अधिकारीलाई मात्र सहभागी गराइन्छ । उनीहरुले सरकारी गोप्यता ऐन बमोजिम सपथ लिएर मात्र परिषद बैठकमा सहभागी हुन पाउँछन् । परिषदका कुनै पनि सदस्यले बैठकमा व्यक्त गरेका विचारलाई निजी रुपमा व्याख्या गर्ने प्रचलन छैन ।
कतिपय वरिष्ट विपक्षी नेताहरुले उक्त घटनाका बारेमा प्रहरी छानबिन हुनुपर्ने माग गरेका छन् । तर शनिबार एक वक्तव्य जारी गर्दै सहायक प्रहरी आयुक्त निल बसुले यस विषयको छानबिन अनुपयुक्त रहेको बताए।
प्रहरी अनुसन्धानले सरकारी गोप्यता ऐनको उल्लङ्घन भएको पर्याप्त प्रमाण फेला नपरेको पनि उनले जानकारी दिए । उक्त खुलासाले सार्वजनिक महत्वमा कुनै क्षति नपुगेको पनि उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार