दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार १५:१७:५७
८ मंसिर, सुनसरी । गत कात्तिक २५ गते दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका सुनसरीका फुलेश्वर मेहेताको मृत्यु भएको छ । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।
सुनसरी प्रहरीका अनुसार प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । कोशी ब्यारेजतर्फ गइरहेको प्रसाईं सवार गाडीको ठक्करबाट घाइते स्थानीय ६० वर्षीय मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
दुर्घटनालगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । मेहताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो । मृतक मेहताका परिवारजनले भने सप्तकोशी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको आरोप लगाएका छन् । चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै उनीहरूले घटना छानबिनको मागसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार