न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटको पेशी
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार ११:१२:५६
९ मंसिर, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथ्यहीन गाली गरेको भन्दै साइबर अपराध अन्तर्गत पक्राउ परी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासमा परेको छ ।
साइबर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धानका लागि पक्राउ परेपछि शुक्रवार प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो । उनले प्रधानमन्त्री ओली विरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएका थिए । यसपछि साइबर अपराध आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार