आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १७:५:५९
९ मंसिर, काठमाडौं । शःशुल्क रूपमा आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड बढेको छ । नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र विदेशीलाई १००० शुल्क सहित धरहरा खुलेको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् ।
यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको थियो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रीपरिषद्ले नै स्वीकृत गरेको थियो ।
शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार