महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १८:८:२४
९ मंसिर, काठमाडौं । भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन आज काठमाडौंमा सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, काठमाडौंले जिल्ला नागरिक उड्डयन प्राधिकरण कार्यालय, बबरमहलको अगाडि धर्ना कार्यक्रमको आयोजना गरेको थियो।
धर्नामा सहभागीहरूले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई बर्खास्त गर्न माग गरे। कार्यक्रममा अभियानका मधेश प्रदेश सम्पर्क समितिका संयोजक विनोद सिंहले नेतृत्व गरेका थिए। कार्यक्रममा केन्द्रीय अध्यक्ष विनय यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, र स्थानीय समाजसेवाहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गरू, 'विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर', 'नागरिक उड्डयन प्राधिकरणका असफल र भ्रष्ट महानिर्देशकलाई बर्खास्त गर', 'चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर' जस्ता नारासहित प्लेकार्ड बोक्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन, निर्माणमा भएका प्राविधिक त्रुटिहरू समाधान गर्न, र विमानस्थल निर्माणका लागि लिएको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई दबाब दिएका छन्।
कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानबिनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार