इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार २१:५१:४४
९ मंसिर, काठमाडौं । इरानले संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले पारित गरेको निन्दा प्रस्ताव अघि सारेका तीन युरोपेली मुलुकसँग आगामी शुक्रबार आणविक वार्ता गर्ने आइतबार जनाएको छ ।
इरान, फ्रान्स, जर्मनी र बेलायतका उपविदेशमन्त्री स्तरीय बैठक शुक्रबार बस्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले जानकारी दिए ।
“प्यालेस्टिनी र लेबनानका मुद्दाका साथै आणविक मुद्दालगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दा र विषयमा छलफल हुनेछ,” विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बागाईले आगामी बैठकलाई सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक अधिवेशनका क्रममा दुई देशसँग भएको वार्ताको निरन्तरताका रुपमा व्याख्या गरे ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी 'आईएईए' को ३५ सदस्यीय बोर्ड अफ गभर्नर्सले बिहीबार एक प्रस्ताव पारित गर्दै इरानबाट सहयोगको अभाव भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।
इरानको आणविक कार्यक्रमलाई लिएर तनाव बढेपछि वार्ताको पहल थालिएको हो । यसलाई आलोचकहरूले आणविक हतियार विकास गर्ने उद्देश्यले गरिएको आशङ्का गरेका छन् ।
आईएईएका प्रमुख राफेल ग्रोसी तेहरानको भ्रमणबाट फर्केपछि यो उपविदेशमन्त्री स्तरीय बैठक कदम चालिएको हो ।
भ्रमणका क्रममा इरानले आईएईएको मागमा सहमति जनाएको थियो, जसमा ६० प्रतिशत शुद्धतासम्म संवर्धित हतियारयुक्त युरेनियमको संवेदनशील भण्डार सीमित गर्न भनिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार