सरकारी वकिलको कार्यालयले सीआईबीलाई भन्यो, भैसेपाटी घटनामा एसपी थापामाथि थप अनुसन्धान गर्नु
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १४:५६:४५
१० मंसिर, काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको भैँसेपाटी घटनामा सरकारी वकिलको कार्यालयले एसपी कमल थापामाथि थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाहीसहित ६ जनाविरुद्ध मंगलबार मुद्दा दायर भएको थियो । यसमा एसपी थापाको नाम थिएन ।
प्रहरीकै मिलेमतोमा व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने घटनामा एसपी थापाको पनि हात रहेको भन्दै सरकारी वकिल कार्यालयले उनीमाथि अनुसन्धान हुनुपर्ने बताएको हो । सीआइबीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएको छ । फरार रहेकी इन्स्पेक्टर बिनुकमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । जसमा एसपी थापाको नाम समावेश छैन ।
प्रतिवादी बनाइएका ६ जनाको हकमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ । यसमा भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन इन्स्पेक्टर बिनुकुमारी शाही र दर्शन पोखरेल फरार प्रतिवादी छन् । पक्राउ प्रतिवादीहरूमा भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा छन् ।
यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । प्रतिवेदन अनुसार हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको छ । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।
गिरोहसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापाको बयान लिए पनि प्रमाण नपुगेको भन्दै उनीविरुद्ध भने मुद्दा नचलाउन सीआइबीको सिफारिस भएको थियो । गत ७ असोजमा प्रहरी प्रभाग भैँसेपाटीमा इटहरीका एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो । इटहरीकै सुष्मा विकसँग ती व्यापारी केही महिनाअघि इलाम घुम्न गएका थिए । तिनै युवतीलाई कुटपिटको उजुरी हाल्न लगाई बलात्कार मुद्दा चलाउने भन्दै प्रहरी कार्यालयमै बार्गेनिङ भएको थियो ।
ललितपुर सहकारी वकिल कार्यालयले थापामाथि थप अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिइएको हो । सीआईबीले एसपी थापाको हकमा थप अनुसन्धान भइरहेको जनाए पनि प्रतिवेदनमा उल्लेख नगरेपछि शंका गरिएका हो । थप अनुसन्धान गर्ने भनिएकी मनिषा कार्की भने घटनाका मुख्य योजनाकार ताजको प्रेमिका रहेको खुलेको छ । भैंसेपाटी हनीट्रयाप प्रकरणका रुपमा चर्चित यो घटनामा सीआईबीको प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर भएको हो । यो घटनामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आपराधिक लाभ र संगठित अपराधको कसुरमा एसपी थापालाई अनुसन्धानबाट नछुटाउन भनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार