सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १८:४३:१८
१० मंसिर, राजविराज 'सप्तरी' । केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी मात्र होइन अभिभावक पनि हिच्किचाउने गर्थे । खडक नगरपालिका–७ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा पनि केटाकेटी पढाउन अभिभावक त्यसैगरी हिच्किचाउँथे । विद्यालयको भौतिक संरचनाका कारण पनि विद्यार्थी विद्यालयमा आकर्षित हुन सकेका थिएनन् ।
हाल विद्यालयको भौतिक संरचना मर्मत गरी रङ लगाएर चिटिक्क पारिएको छ । विद्यार्थीको सङ्ख्या पनि भरिभराउ छन् । यहाँ निजी विद्यालयमा महङ्गो शुल्क तिर्न नसक्ने र कम आयस्रोत भएका अभिभावकले छोरोछोरी यही विद्यालयमा भर्ना गरेका छन् । उचित व्यवस्थापन र शिक्षकको मेहनतका कारण यस विद्यालयमा अभिभावक र विद्यार्थीको आर्कषण बढेको हो ।
‘सेभ द चिल्ड्रेन’को सहयोगमा समुन्नति परियोजना अन्तर्गत सबल नेपाल नामक संस्थाले विद्यालयको जीर्ण भवन मर्मत गरिदिएको हो । बालविकासदेखि कक्षा ७ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन ओटा शौचालय, कार्यालय भवन, भान्सा घरसहित विद्यार्थी बस्ने कोठालगायत गरी ११ वटा कोठा मर्मत गरेको सबल नेपालका परियोजना संयोजक रोशनकुमार मण्डलले जानकारी दिए ।
गत वर्षसम्म दुई सय २० विद्यार्थी अध्ययनरत यस विद्यालयमा यस वर्ष विद्यार्थी सङ्ख्या थपिएर चार सय ११ पुगेको विद्यालयका प्रधानअध्यापक लक्ष्मीप्रसाद विश्वकर्माले बताए ।
पूर्व–पश्चिम राजमार्गसँगै उत्तरपट्टी कलयानपुुरमा रहेको यस विद्यालयमा निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि अभिभावकहरुले धमाधम निजी विद्यालयबाट छोराछोरी निकालेर यहाँ भर्ना गर्न थालेका छन् । विसं २०५० मा स्थापना भएको यस विद्यालयको नतिजा राम्रो देखिएपछि विद्यार्थीको चाप बढेको विद्यालयका शिक्षिका दिपमाला विश्वकर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार