शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार ११:२१:४३
१२ मंसिर, डोल्पा । हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार छ सय ३२ पर्यटक फोक्सुण्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।
बितेका पाँच महिनामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र अन्य राष्ट्रका गरी तीन सय २६ जना पर्यटकले शे–फोक्सुण्डो घुमेका र त्यसबाट रु १० लाख ५३ हजार राजस्व सङ्कलन भएकोे उनले बताए ।
चालु आर्थिक वर्षको सुरुदेखि कात्तिकसम्म वन पैदावार बिक्री, पर्यापर्यटन, दण्ड सजायलगायत शीर्षकबाट रु ६५ लाख ७० हजार छ सय ८८ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले केही वर्षयता आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का लक्ष्मण देवकोटाले बताए ।
नेपालगञ्ज– डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटलको व्यवस्था भएमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि हुने उनी बताउछन् । व्यापार, व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशीभन्दा स्वदेशी पर्यटक आउँदा फाइदा हुने सदरमुकाम दुनैका होटल व्यवसायीहरू बताउँछन् ।
नेपालगञ्ज–सुर्खेत–जाजरकोट–रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अघिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सौराहा आउने पर्यटक ह्वातै घट्यो, अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् !
पुष २०, २०८१ शनिबार
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार