पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १४:७:८
१२ मंसिर, लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण गरेर व्यवस्थित बनाएसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । यहाँ दैनिक दुई सयदेखि तीन सयजना बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।
शुक्रबार, शनिबार र बिदाको समयमा छ, सात सय जना भन्दाबढी पर्यटक आउने गरेको स्थानीयवासीले बताएका छन् । बजार नजिकै घुम्न तथा समय बिताउनका लागि पर्यटकीयस्थलका रुपमा नगरपालिकाले सो उद्यान निर्माण गरेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र एउटा पनि उद्यान नहुँदा घुम्ने, हेर्ने, तथा मनोरञ्जन गर्ने कुनै ठाउँ नभएकाले उद्यान निर्माण गरी व्यवस्थित बनाएसँगै पर्यटकको चाप बढिरहेको बताए।
आठ रोपनी क्षेक्रफलमा चार बस्ने ठाउँ, एउटा पानीको फोहरा संरचना, पिक्नीकको लागि सेड, बालबालिका खेल्न उद्मान, शौचालय, पार्कभित्र हिँड्ने सिँढी लगायतको संरचना निर्माण भएको नगरप्रमुख अर्यालको भनाइ छ । उनका अनुसार यस उद्यान टिकट व्यवस्था लागू गरी पर्यटक तथा स्थानीयबाट शुल्क उठाउने तयारी भएको छ । विसं २०७५ चैत १२ गतेबाट निर्माणकार्य थालनी भएको उक्त पार्कमा हालसम्म रु ५०-६० लाख बढी लगानी भइसकेको नगरपालिकाले जनाएको छ ।
यस उद्यानमा आएका पर्यटक सन्तोष थापाले भने, ‘बजार नजिकै उद्यान बनेपछि घुम्न रमाइलो हुने गरेको छ । आफू परिवारसँग बेला बेलामा आउने पार्कमा घुम्दा मनोरञ्जन प्राप्त हुने गरेको उनको भनाइ छ ।’ त्यस्तै, अर्का पर्यटक सोविता परियारले पार्क घुम्दै मनोरञ्जन हुने गरेको र समय बिताउन पनि सहज हुने भएकाले यहाँ साथीहरुसँग आएको बताइन्।
त्यस्तै, स्थानीय सिर्जना श्रेष्ठले भनिन्, ‘यहाँ आउने पर्यटक उद्यानमा भिडियो बनाउने, फोटो खिच्ने, सेल्फि खिच्ने, टिकटक बनाउँदै रमाउने गर्दछन् ।’ साथै यहाँ विभिन्न ठाउँबाट पिकनिक खानालाई आउने गरेको उनको भनाइ छ । साथै नाच गानसमेत हुने हुँदा पर्यटकलाई थप मनोरञ्जन प्राप्त गर्ने गरेको छ ।
यस उद्यानबाट ऐतिहासिक तथा धार्मिक करपुरेश्वर महादेव मन्दिर, मर्स्याङ्दी नदी, विभिन्न गाउँ, बेँसीसहर बजारको केही भाग, लमजुङ दरबार, लमजुङ हिमाललगायत विभिन्न हिमालसमेत देख्न सकिन्छ । सो स्थानमा जनयुद्धका बेला नेपाली सेनाले लामो समयसम्म बसोबास गरेको थियो । मुलुकमा शान्ति स्थापनाको केही वर्षपछि स्थानीयको आग्रहमा यहाँबाट नेपाली सेना अन्यन्त्र गएको थियो । सेना गएको केहीवर्षसम्म बम रहेको आशङ्कामा उक्त उद्यानमा स्थानीय जान सकेनन् । केही बमसमेत फेला पर्यो ।
जोखिम नरहेको ठहरपछि विसं २०७५ देखि नगरपालिकाले उद्यान निर्माण थालनी गरेको थियो । करपुरेश्वर पार्कबाट परिचित तथा यस उद्यानको नाम परिमार्जित हुनुअघि सो स्थान मलामी चौउरको नामले परिचित रहँदै आएको थियो । यहाँ मान्छे मरेर मस्र्याङ्दीमा जलाएर फर्किएपछि सो स्थानमा बस्ने गरेकाले मलामीचौउरको नामले परिचित रहेको स्थानीयको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रास्वपाका नेताले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार