राम्ररी उपचार गराउनु भन्दै सर्वोच्चले खारेज गरिदियो दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट
नेपालबहस संवाददाता
मंसिर १२, २०८१ बुधबार १६:४९:२३
१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । प्रधानमन्त्रीविरूद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंले रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन दिएका थिए । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनको निवेदन खारेज गर्दै रिहा गर्न अस्वीकार गरेको छ । सरकारलाई प्रसाईंको स्वास्थ्य उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश पनि दिएको छ ।
प्रसाईंका छोरा निराजनले उनलाई रिहाइ गर्न माग गर्दै निवेदन दिएका थिए । निवेदनमा प्रसाईंले क्यान्सरको उपचार गराइरहेकाले स्वास्थ्यमा समेत उचित व्यवस्था गर्न माग गरेका थिए । यसअघि पनि उनको माग पछि प्रहरीले उनलाई वीर अस्पताल लगेको थियो । प्रसाईंलाई मंसिर ४ गते पक्राउ गरेर साइबर ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार