प्रधानमन्त्रीको चीन भ्रमणअघि रक्षामन्त्री र सेनापतिले किन गरे सीमा क्षेत्र दार्चुला-तिंकर सडकको अवलोकन ?
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार ११:३८:५३
१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने तयारी तीब्र रुपमा भएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै चीन जाने कार्यक्रम तय भएको छ ।
तर प्रधानमन्त्री ओली चीन भ्रमणमा जानु अघि रक्षा मन्त्री मानवीर राईले प्रधानसेनापति अशोकराज सिग्देललाई लिएर नेपाल भारत सीमा क्षेत्रको सडक निर्माणको अवस्थाबारे निरीक्षण भ्रमण गरेका छन् ।
साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि थिए । उनीहरुले महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका हुन । टोलीमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडु पनि सहभागी भएका थिए ।
टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत व्यास गाउँपालिका–१ छांगुरु पुगेको थियो । उनीहरुको यो भिजिटलाई भारतीय मिडियाहरुले रणनीतिक महत्वसँग जोडेर हेरेका छन् । साथै यो विषयलाई भारतले पनि नोटिसमा लिएको छ । ‘भौतिक पूर्वाधार मन्त्री आउनुलाई सामान्य रुपमा लिइन्छ तर रक्षामन्त्री नै आएकाले रणनीतिक महत्वको सन्देश दिने खोजेको बुझिन्छ’, एक सुरक्षा अधिकारीले दार्चुलाबाट भने ।
बुधबार सो टोलीले छांगुरुमा स्थानीयसँग छलफल गरेको थियो । छांगुरुबाट सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम भएको थियो । निरीक्षणपछि दार्चुला–तिङकर सडकलाई छुट्टै योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै सडक निर्माणका लागि त्यहाँ हेलिकोप्टरबाट डोजर लैजाने निर्णय पनि भएको छ ।
त्रिदेशीय सडकका रूपमा रहेको दार्चुला–तिङ्कर सडक सामरिक महत्व बोकेको सडक भएकाले डोजर केही दिनमै लगिने गरी तयारी थालिएको हो । २०७७ माघ २८ देखि सडक निर्माण सुरु भएको हो । यस सडकको तुसारपानी–तिङ्करको ट्रयाक खोल्नुपर्ने ७९ किमीमध्ये हालसम्म सेनाले १३.५९ किमी मात्र ट्रयाक खुलाइएको छ ।
यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले नौ करोड बजेट विनियोजन गरेको छ । उक्त रकमले १.८ किमी नयाँ ट्रयाक खोल्ने र १.२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ । यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म चार सय २५ किमि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार