संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १६:२०:३३
१३ मंसिर, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक संकट भोग्नु परेको गुनासो गरेको छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदानको बजेट नपठाउँदा प्रदेश सरकारले गत वर्षको झण्डै साढे दुई अर्ब दायित्व भुक्तानी गर्न नसकेको जनाइएको छ ।
लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको आज बसेको बैठकले वित्तीय अनुदानको बजेटलगायत विभिन्न समस्याको पहिचान गरेर राष्ट्रिय विकास समस्या समितिमा पठाएको छ । बैठकले राष्ट्रिय विकास समस्या समितिमा पठाएका प्रदेशमा पहिचान गरिएका समस्यामध्ये सशर्त अनुदानको रकम घटाएर वित्तीय समानीकरण अनुदानको बजेट बढाउने विषयलाईसमेत महत्वपूर्ण विषयका रुपमा उठाइएको छ ।
यस्तै संविधानमा व्यवस्था भएको साझा अधिकारका सूची अन्तर्गत कार्य बाँडफाँट र प्रहरी समायोजनाको विषयलाई स्पष्ट मापदण्ड बनाई लागू गर्ने र प्रहरी समायोजनको कुरा छिटो टुंगो लगाउनुपर्नेमा जोड दिइएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालनको सन्दर्भमा प्रमुख प्रशासकिय अधिकृत प्रदेशले पठाउनेगरी व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनमा प्रक्रियागत विषयमा अधिकार प्रत्यायोजन हुनुपर्ने विषयलाई समाधान गर्नुपर्ने विषयका रुपमा उठाइएको छ ।
ढुंगा, गिट्टी, बालुवा उत्खननसम्बन्धी कानुनी व्यवस्था सुधार गर्नुपर्ने, सडक निर्माण, विस्तार र सुदृढिकरणमा संघीय सरकार र विद्युत् प्राधिकरणसँगको समन्वय प्रभावकारी नहुँदा समस्या समाधान गर्नेगरी काम अघि बढाउनुपर्ने, उद्योग दर्ता र जग्गा प्राप्तिको अधिकार प्रत्यायोजन गरिनुपर्ने विषय उठाइएको छ ।
बैठकले प्रदेश सरकारले अघि बढाएका विभिन्न योजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ समाधान गर्नेगरी अघि बढाइने भएको निर्णयसमेत गरेको छ । बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड पुस मसान्तभित्र तयार पार्ने, स्रोतको अधिकतम सदुपयोग गरी वार्षिक बजेट तथा कार्यक्रममा परेका योजना तथा कार्यक्रम सञ्चालन गर्दा अपेक्षित परिणामलाई मध्यनजर गरेर मात्र मितव्ययी तरिकाले आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाको कार्यान्वयनमा विशेष ध्यान दिन दिर्नेशन दिए । उनले प्रतिफल दिने खालका योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिए । जुन काममा हात हाल्छौँ । त्यसबाट परिणाम आउनुपर्छ । प्रतिफल आउने योजनालाई विशेष जोड दिएर अघि बढाऔँं, उनले भने रातो किताबमा लेखिएको भए पनि त्यसले उपलब्धि दिदैन भने कार्यान्वयन गर्न जरुरी छैन ।
उनले प्रदेश सरकारले अघि बढाएका आयोजना समय सिमाभित्रै सम्पन्न गर्नेगरी भूमिका बढाउन मन्त्रालय तथा मातहतका नियकालाई दिर्नेशन दिए । उनले प्रदेश समस्या समाधान समितिको बैठकबाट गत आर्थिक वर्ष २०८०÷८१ म वित्तीय हस्तान्तरण शीर्षक अन्तर्गत संघीय सरकारबाट विनियोजन भएको वित्तीय समानीकरण अनुदानको प्राप्त हुन बाँकी रहेको बजेटका विषयमा प्राथमिकताका साथ उठाइएको र समस्यालाई राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउनेगरी प्रदेश विकास समस्या समाधान समितिको बैठकले अघि बढाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
नवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार