प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १९:१२:४८
१३ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत गरेको हो। प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। यो भ्रमणका लागि ३९ जना सरकारी अधिकारी र ४८ जना निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
भ्रमणको तयारीलाई अन्तिम रूप दिन परराष्ट्र मन्त्री आरजु राणा देउवा बिहीबार नै चीन प्रस्थान गरेकी छिन्। भ्रमणलाई व्यवस्थित बनाउन र प्राथमिकताका विषय तय गर्न उनले चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्ने छिन्।
चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, र पूर्वाधार परियोजनाहरूमा सहकार्य बढाउने, सीमा व्यवस्थापनका मुद्दाहरू समाधान गर्ने, र रणनीतिक साझेदारीलाई थप बलियो बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल र चीनबीचका उच्चस्तरीय भ्रमणहरूले दुवै देशका साझा चासोका मुद्दाहरूमा सकारात्मक प्रभाव पार्दै आएको इतिहास छ। यसपटक पनि यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।
चीन भ्रमणका क्रममा ओलीले बहुचर्चित बिआरआई परियोजनाबारे सम्झौता गर्ने वा नगर्नेबारे अन्योल छ। बिआरआई परियोजनाबारे सत्तारूढ दल नेकपा एमाले तथा नेपाली कांग्रेसबीच मतान्तर छ। तर, दुबै दलले साझा धारणा बनाउनका लागि अनौपचारिक ढंगले कार्यदल गठन गरेका थिए।
अनौपचारिक कार्यदलमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक सल्लाहकार डा. युवराज खतिवडा तथा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र अधिवक्ता सेमन्त दाहाल थिए।
कार्यदलले अनौपचारिक रूपमा नै बिआरआई कार्यान्वयन योजनाको मस्यौदाका आधारमा सुझाव र धारणा पेस गरेको थियो। त्यसबारे दुबै दलले मुख खोलेका छैनन्। तसर्थ, बिआरआई परियोजनाको अन्योल यथावत् रहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ। कार्यदलले अनौपचारिक रूपमा नै बिआरआई कार्यान्वयन योजनाको मस्यौदाका आधारमा सुझाव र धारणा पेस गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार