सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १३:२२:१५
१४ मंसिर, काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्तालाई गृह मन्त्रालयले दण्डनीय कार्य नगर्न चेतावनी दिएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै गृहले जुनसुकै मुलुकमा बसेर गरे पनि दण्डनीय कार्य गर्नेले छुट नपाउने बताएको छ ।
गृहले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति आइरहेको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुर्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका सहसचिव, प्रवक्ता ऋषिराम तिवारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न÷नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ, भनिएको छ । नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान गर्न आग्रह गरिएको छ ।
गृह मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली–बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध भित्र पर्ने जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार