सीआईबीले भन्यो, भारतीय गुण्डा नाइके विश्नोइको नाममा धम्की दिने व्यक्ति दुर्गा प्रसाईं ग्याङका हुन्
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १५:२:३९
१४ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्तिले दुर्गा प्रसाईं ग्यांङबाट परिचालित रहेको दावी गरेको छ । सीआईबीले हरिचन्द्र फुयाँल नामका व्यक्तिलाई नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार फुयाँलले सीमापारी गएर नेपालका व्यापारीहरूलाई विस्नोइ (भारतको आपराधिक गिरोह) को नाम लिँदै धम्क्याउने र पैसा असुल्ने प्रयास गर्थे । उनी दुर्गा प्रसाईंबाट परिचालित देखिएको बोगटीले बताए । दुर्गा प्रसाईंको निर्देशनमा काम गर्ने रहेछन् । पारीपट्टि जाने, समूह बनाएर व्यापारीहरूलाई फोनबाट धम्की दिने, पैसा असुल्न खोज्ने गरेको पाइयो, उनले भने ।
सीआईबीले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो । उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ । सीआईबीले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिएको र उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको जनाएको छ ।
फुँयालले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको खुलेको प्रहरीको दाबी छ । झापाको झापाको चारआलीबाट पक्राउ परेर काठमाडौं ल्याएका फुँयालले प्रसाईंसँग माफी नमाग ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ । केही व्यापारीहरूले भारतीय नम्बरबाट विस्नोइको नाममा धम्की आएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए । फुयाँल घ्यू व्यापारी भएको र उनले इलामको घ्यू भारतको आसाममा लगेर बेच्ने गरेका उनी दुर्गा प्रसाईंले परिचालन गर्दै आएको दावी गरिएको छ ।
फुयाँललाई आपराधिक लाभमा अनुसन्धानका लागि म्याद थप गर्न लागिएको छ । ‘नेपाली व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज गर्दै आफू विश्नोईको सदस्य हुँ भनी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान जान सक्छ,’ सीआईबीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पक्राउ परेका फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।
केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो । अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको हो । जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।
फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग गर्दै अरुलाई सिध्याउँछु भनेर धम्की दिने गरेका थिए । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन अझै आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै उजुरी दिएको सीआईबीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार