दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार १६:१८:११
१४ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप गरेको छ । अदालतले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । प्रसाईं साइबर अपराधको कसूरमा मंसिर ५ गते पक्राउ परेका थिए ।
यसअघि आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो । अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार