भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार ७:४५:५४
१५ मङ्सिर, काठमाडौं । शाहरुख खानलाई किंग खान यसै भनिएको होइन । शाहरुख खान आफ्नो दबदबा र कमाइको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् । कर तिर्ने मामिलामा देशका शीर्ष पाँच व्यक्तिलाई हेर्दा शाहरुख खानको नाम शीर्षमा आउँछ।
शाहरुख खान
आर्थिक वर्ष २०२३/२४ को कुरा गर्दा शाहरुख खान कुल ९२ करोड रुपैयाँ कर तिरेर सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । उल्लेखनीय छ कि गत वर्ष शाहरुखका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका थिए, जसमा ‘पठान’ र ‘जवान’ले बक्स अफिसमा कमाइको नयाँ कहानी लेखेको थियो।
बिजय थलापती
कमाई र कर तिर्ने मामिलामा अन्य व्यक्तिहरू बलिउडसँग नभई तमिल फिल्म उद्योगसँग सम्बन्धित छन्। हामी गोट अभिनेता विजयको कुरा गर्दैछौं, जसले भर्खरै राजनीतिक पार्टी स्थापना गरेर फिल्मबाट टाढा हुने संकेत दिएका छन्। विजयले करिब ८० करोड रुपैयाँ कर तिरेका छन् र यसरी शाहरुख खानपछि सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् ।
सलमान खान
कर तिर्ने मामिलामा तेस्रो स्थानमा ‘बिग बोस’ को होस्ट बनेर फेरि पनि मानिसको मनमा बसेका सलमान खान छन् । आर्थिक वर्ष २०२३–२०२४ मा सलमान खानले कुल ७५ करोड कर तिरे र यसरी कर तिर्नेहरूको सूचीमा उनी तेस्रो स्थानमा रहे।
अभिताभ बच्चन
अभिनयका सम्राट मानिने र विगत २४ वर्षदेखि ‘कौन बनेगा करोडपति’ आयोजना गर्दै आएका अमिताभ बच्चन कर तिर्नेमा चौथो स्थानमा परेका छन् । उनले सलमान खानभन्दा ४ करोड कम कर तिरेका छन् अर्थात् ७१ करोड रुपैयाँ कर तिरेर बिग बीले शीर्ष ५ मा आफ्नो स्थान पक्का गरेका छन् ।
बिराट कोहली
सबैभन्दा बढी कर तिर्ने व्यक्तिको शीर्ष ५ सूचीमा बलिउडका तीन र साउथका एक कलाकार छन् भने पाँचौं स्थानमा एकजना गैर अभिनेता रहेका छन् । उनी अरु कोहि होइन, चर्चित क्रिकेटर तथा बलिउड अभिनेत्री अनुष्का शर्माका पति विराट कोहली हुन् । ६६ करोड रुपैयाँ कर तिरेर उनले यो सूचीमा पाँचौं स्थान हासिल गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार