प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
आबिद हुसेन
मंसिर १६, २०८१ आइतबार १७:२४:४६
१६ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा रहेको मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति गठन भएको छ । सर्वसम्मत निर्णयका आधारमा प्रयाग अहमदलाई पुनः अध्यक्ष चयन गर्दै संस्थाको नेतृत्व सुम्पिएको छ ।
२०६४ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको यो मदर्साले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कमरुदिन मिया धोबी, सचिवमा महमद मन्सुर मिया, कोषाध्यक्षमा नुरहोदा अंसारी, सहसचिवमा ईरफान अंसारी र सदस्यहरुमा नैमुदिन मिया धोबी, महमद साहिल, अलियास अंसारी, सतार मिया मंसुरी, खुरसेद आलम हवारी र अलि हुसैन मिया रहेका छन् ।
नयाँ कार्यसमितिले मदर्साको गतिविधिलाई थप व्यवस्थित गर्दै शैक्षिक विकास, धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
गत कार्तिकमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन भए पनि केही विवाद उत्पन्न भएको थियो । संस्थाको सदस्यता नभएका व्यक्तिहरुले विवाद उत्पन्न गरेपछि समस्या भएको अध्यक्ष प्रयाग अहमदले जानकारी दिए । उनले नियमअनुसार सदस्यता लिएर प्रक्रिया पूरा गरेर मात्र नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सकिने स्पष्ट पारे ।
सोहेल अन्सारीले गणपुरक संख्या नपुगी समानान्तर समिति गठन गरी भ्रम फैलाउने प्रयास गरेको प्रति अहमदले आपत्ति जनाएका छन् । उनले आफ्नो नेतृत्वको समिति नै आधिकारिक रहेको र यस्ता भ्रामक गतिविधिमा नपर्न सबैमा आग्रह गरेका छन् ।
मदर्सा बरकतुल उलुम २०६४ सालदेखि विधिवत रूपमा दर्ता भएको संस्था हो । यसले लामो समयदेखि धार्मिक शिक्षा, शैक्षिक सुधार, र सामाजिक गतिविधिमा योगदान पुर्याउँदै आएको छ । नयाँ नेतृत्व चयनसँगै मदर्साको प्रगति र सुधारमा थप गति आउने अपेक्षा गरिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार