उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार २०:१०:७
१६ मङ्सिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । गृहमन्त्री लेखकले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षाकर्मी, निजामति कर्मचारी, सञ्चारकर्मी तथा मतदानमा सहभागी सम्पूर्ण मतदातालाई धन्यवाद दिनुका साथै उनीहरुप्रति आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
निर्वाचन लोकतन्त्रको मेरूदण्ड भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले शान्तिपूर्ण तथा भयरहित वातावरणमा मतदान सम्पन्न भएको सो कार्यका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । निर्वाचन आयोगका अनुसार मुलुकका ३३ जिल्लामा स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ ।
उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार चुनावी मैदानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार