वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार १३:५९:४१
१७ मंसिर, वीरगञ्ज । सहकारीको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित जीबी राई र छबिलाल जोशीलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत पर्सासँग अनुमति मागेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलका अनुसार अदालतबाट पक्राउ पुर्जी लिएर उनीहरुमाथि अनुसन्धान सुरु गर्ने प्रहरीको तयारी छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट उनीहरुले रकम लिएको पाइएको छ । अवैध ढंगले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रकम लगिएको प्रहरीले जनाएको छ ।
उक्त सहकारीका अध्यक्ष जीबी राई हुन् । पर्सा प्रहरीले गोर्खा मिडियाका प्रबन्ध निर्देशकको हैसियतले लामिछाने, राई र जोशीविरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको हो । सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ ।
सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको विषय संसदीय छानबिन विशेष समितिले पनि उठाएको थियो । २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरणमा गोर्खा मिडियामा रकम गएको प्रहरीले पत्ता लगाएको छ । अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी गरिसकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार