दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
चालकमाथि कारबाही माग
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १२:५१:४३
१८ मंसिर, काडमाडौँ : दाङको तुलसीपुर–घोराही सडकखण्ड बिहान ८ बजेदेखी अवरूद्ध छ । दुर्घटना भएपछि मंगलबार बिहान ८ बजेदेखि पीडित परिवारले सडकखण्ड अवरूद्ध गरेका हुन् ।
घोराही उपमहानगरपालिका १० झारबैरा चोकमा मृतकका आफन्तले चालकलाई कारबाही र राहत माग गर्दै सडक अवरूद्ध गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ईश्वर थापाका अनुसार सोमबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका -१९ कुटीचौरका १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको बताइएको छ।
मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर १७ का २२ वर्षीय दिपक बस्नेतको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाई छ। उनका अनुसार घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा १ ख १२९१ नम्बरको टिपरले रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपर चालक घोराही (११ का ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन्। मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले सडक अवरूद्ध गरेका छन्, सञ्चालनमा ल्याउन छलफल गरिरहेका छौं, सोमबार पनि सडक अवरूद्ध थियो”डिएसपी थापाले भने,
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष प्रचण्ड
पुष २३, २०८१ मंगलबार
पूर्वसमूह खोज्नतिर होइन, भरभराउँदो आजको एमाले खोजौँ : अध्यक्ष ओली
पुष २३, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट
पुष २३, २०८१ मंगलबार
लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
पुष २३, २०८१ मंगलबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार