गण्डकी विश्वविद्यालयको आयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार १४:३:५८
१८ मंसिर, काठमाडाैं । गण्डकी विश्वविद्यालयको आयोजनामा यही मंसिर २९ देखि आगामी पुस ३ गतेसम्म दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा मधुसूधन सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने ‘प्लेयर अफ दी टुर्नामेन्ट’लाई ट्रफी तथा रु १५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा विश्वविद्यालयमा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए । प्रतियोगिताका लागि सोमबारदेखि ‘टिम’ दर्ता खुला गरिएको र दर्ता शुल्क रु दुई हजार पाँच सय तोकिएको आयोजकले जनाएको छ ।
नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापित यस विश्वविद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा सुवेदीले बताए ।
विसं २०७९ मा भएको प्रथम कुलपति रनिङ शिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालय विजयी भएको थियो । विसं २०७७ मा स्थापित यस विश्वविद्यालयमा अहिले पाँच सङ्कायका विषयमा पठनपाठन हुँदै आएको छ । विश्वविद्यालयमा नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलगायत खेलाडी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार