कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार २१:२८:१६
१८ मंसिर, रौतहट । रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरी रहेका छन्। निज माथि लिखत सम्बन्धी कसुर अन्तर्गत रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
चन्द्रपुर नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बिषेश अनुदानबाट श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा ४ कोठे भवन निर्माणको लागी ४७ लाख, ७५ हजार, ५१२ रुपैयाँ ,८५ पैसा , विद्यालयको खातामा रकम निकासा गरिएको थियो।
उक्त रकम नियमानुसार भुक्तानी पाउने गरी रकम रोक्का गरी विद्यालय भवन निर्माणको लागी ५३ लाख,९८ हजार,२८९ रुपैयाँ,५२ पैसाको कार्यआदेश सहित ब्रहम बाबा कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको थियो। प्राविधिक नाप जाँच तथा पहिलो रनिङ बिल भरपाईको आधारमा चन्द्रपुर नगरपालिकाको पत्रद्वारा २० लाख,१० हजार,५२९ रुपैयाँ र ७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रकम फुकुवा तथा भुक्तानीको पत्र पठाएको थियो।
उक्त रकम निकाले पश्चात विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले चन्द्रपुर नगरपालिकाको पत्रहरुमा किर्ते हस्ताक्षर गरी २९ लाख,३५ हजार,५२९ रुपैयाँ,।७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रोक्का रहेको रकम फुकुवा गरी विद्यालयको खातामा रहेको रकम निकाली हिनामिना गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन्। प्रधानाध्यापक चौधरीलाई हिजो सोमवार पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार