अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार २२:१४:२४
१८ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नीति, योजना, कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई प्राथमिकता दिन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
डिसेम्बर ३ अर्थात् अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि प्रभावकारी कदम चाल्न र सङ्घ, प्रदेश तथा स्थानीय तहलाई सो आग्रह गरिएको छ ।
“अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्दै आइरहेको छ, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा ऐन कानुनमा भएका व्यवस्थाहरूको कार्यान्वयन अपेक्षाकृत रूपमा हुन सकेको देखिँदैन”, विज्ञप्तिमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिहरूलाई घर, परिवार र समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तनको आवश्यकता रहेको छ ।
आयोगले गरेको अनुगमनको क्रममा पूर्वजन्मको पाप भनी अपाङ्ता भएका व्यक्तिलाई वर्षौंदेखि खोरभित्र पशुसरह बाँधेर राख्ने गरिएको पाइएको छ । साथै, आयोगले यस दिवसको अवसरमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको अधिकारका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरेको छ ।
नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र बनेको छ । महासन्धिमा भएका व्यवस्थाका साथै नेपालको संविधान, आपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, नियमावली २०७७ तथा अन्य कानुन र नीतिले गरेका व्यवस्थाहरूको कार्यान्वयनको सुनिश्चित गर्नु राज्यको दायित्व हुन्छ ।
आयोगले महासन्धि र घरेलु कानुनमा भएका व्यवस्थाबमोजिम राज्यले केही कार्य गरे पनि त्यस्ता कार्यहरू प्रभावकारी हुन नसकेको हुँदा अहिले पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रभावकारी रूपमा सुनिश्चित हुन नसकेको आयोगको अनुगमनबाट पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार