‘नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार प्रदेश सरकारको प्राथमिकतामा’
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार २०:५:४९
२० मङ्सिर, लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । ‘प्रदेशस्तरीय खाद्यसुरक्षा तथा बहुक्षेत्रीय पोषण’ विषयक अनुभव तथा सिकाइ आदानप्रदान कार्यक्रमलाई आज प्रदेश राजधानीस्थित राप्ती उपत्यकाको देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न विशेष कार्यक्रम लागू गरिएको बताए ।
“प्रदेशमा कुपोषण प्रमुख स्वास्थ्य समस्याका रुपमा देखापरेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरेका छौँ”, उनले भने, “मातृशिशु मृत्युदरलाई घटाउछौँ । पोषणको अवस्थालाई सुधार गर्छौं । बालमृत्युदर घटाउछौँ ।”
लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागू गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्तअल्पताजस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष कार्यक्रम लागू गरेको बताए । यसबाट नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।
तथ्याङ्कगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी विशेष कार्यक्रम लागू गरिएको मुख्यमन्त्री आचार्यले बताए । विभिन्न बहानामा अझै पनि बालबिवाह हुने गरेको, यसले मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणजस्ता समस्या देखापरेकाले यसप्रति सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गीता नेपालीले ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा प्रदेशस्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्नेलगायत माग समेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार