बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार २१:१६:५१
२५ मङ्सिर, काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो ।
समझदारी पत्रमा कुनै विशिष्ट क्षेत्रमा सहकार्यको लागि, दुवै पक्षले सम्झौता वा अन्य सहकार्यका दस्तावेजमा हस्ताक्षर गर्ने उल्लेख छ । त्यस्तै दुई पक्षबीच सहयोग र वार्ता सञ्चालन गर्दा साझा विकासका लागि संयुक्त परामर्श, अर्थपूर्ण प्रभावका लागि व्यावहारिक सहयोग, लगानी वृद्धिका लागि नीतिगत वातावरणमा सुधार, सम्भाव्य परियोजनाको कार्यान्वयनका लागि वार्ता गर्न संरचित मार्गदर्शन प्रदान गरी समझदारीपत्रलाई प्रभावकारी तुल्याउन दुवै पक्षले साझा गरेको पारस्परिक हितलाई महसुस गर्ने सिद्धान्त अपनाइने उल्लेख छ ।
समझदारीपत्रमा सहयोगको क्षेत्रको परिधिभित्र पर्ने परियोजनाको पहिचान र विकास गर्ने, वित्तीय तथा प्राविधिक स्रोतको बाँडफाँट, वित्तपोषणको व्यवस्था, खरिद विधि, कार्यान्वयन र कार्यान्वयनका लागि जिम्मेवार निकायको पदनामजस्ता क्षेत्रमा वार्ताको माध्यमबाट परियोजनाको विकासलाई सहजीकरण र तीव्रता दिने उल्लेख छ ।
यसैगरी आर्थिक सहयोग, वित्तीय क्षेत्रको सहयोग, यातायात, सम्पर्क र लजिस्टिक्स सहकार्य, व्यापार, औद्योगिक क्षमता र लगानी सहकार्य, भन्सार सहयोग विषयमा सहकार्यमा आधारित रहेर दुवै पक्षले सहयोगलाई प्रगाढ बनाउन प्रोत्साहित गर्ने उल्लेख छ ।
नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै परम्परागत मित्रता रहँदै आएको छ । दुई देशले द्विपक्षीय कूटनीतिक सम्बन्ध, पारस्परिक लाभकारी आर्थिक सहयोग र जनस्तरको घनिष्ठ आदानप्रदानमा निरन्तर प्रगति हासिल गरेका छन् । सन् २०१७ मे १२ का दिन चीन सरकार र नेपाल सरकारबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार