लगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार १५:५३:६
२६ मंसिर, काठमाडौं । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा बुधबार उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा कायम भएको हो । यो १.७१ प्रतिशतको वृद्धि हो ।
परिसूचक बढेपनि कारोबार रकम भने ५ अर्बमा खुम्चिएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री भए । ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ ।
जीवन बिमा समूह एक दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव ४२, निर्जीवन बिमा एक दशमलव शून्य तीन, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ५७ प्रतिशतले बढेको हो ।
न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार