लोकसेवाका अध्यक्षको सुझाव, विश्वविद्यालयहरूमा कर्मचारी भर्ना गर्न छुट्टै आयोग गठन गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार १६:१२:२९
२६ मंसिर, काठमाडौं । नेपालका विश्वविद्यालयहरूमा कर्मचारी भर्ना, छनोट र सिफारिसका लागि विश्वविद्यालय सेवा आयोग गठन गर्न लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सुझाव दिएका छन । सबै विश्वविद्यालयमा भर्ना हुने विभिन्न तहका कर्मचारी भर्नाका लागि एउटा छुट्टै आयोगको आवश्यकता महसुस भएको रेग्मीको भनाइ छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगका अध्यक्षले नेपालका विश्वविद्यालयमा कर्मचारी भर्ना गर्नका लागि आयोग आवश्यकता रहेको सुझाएका छन् । राज्यव्यवस्था समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा दफावार छलफल गर्नुअघि लोकसेवा आयोगका पदाधिकारीसँग छलफल गरेको हो ।
छलफलका क्रममा अध्यक्ष रेग्मीले विश्वविद्यालयहरू विशिष्ट प्रकृतिका प्राज्ञिक संस्था भएको कारणले संविधानको मर्म र भावना अनुरूप मुलुकका सबै विश्वविद्यालयहरूको पदपूर्तिको एकल जिम्मेवारीसहित एक विश्वविद्यालय सेवा आयोग गठन गर्ने र सो आयोगले सबै विश्वविद्यालयहरूको भर्ना, छनोट र सिफारिसको कार्य गर्ने व्यव्यवस्था गर्न पनि उपयुक्त देखिएको बताए ।
संविधानमा विश्वविद्यालय र शिक्षक सेवालाई लोकसेवाको कार्यक्षेत्रभित्र समावेश नगरिएको तर लोकसेवा आयोगका सदस्यले ती निकायका सेवा आयोगहरूमा पनि प्रतिनिधित्व गरिरहेको रेग्मीले बताए । संविधानमा व्यवस्था नहुँदा पनि सम्बन्धित विश्वविद्यालयका ऐनहरूमा भने लोकसेवा आयोगका सदस्यको प्रतिनिधित्व हुने व्यवस्था रहेको अध्यक्ष रेग्मीले जानकारी दिए ।
विश्वविद्यालयहरूमा विभिन्न कारणले पदपूर्ति लामो समयसम्म हुन नसकेकाले पनि त्यस्तो आयोगको आवश्यकता परेको रेग्मीको भनाइ छ । शिक्षक सेवा आयोग गठन गरिएजस्तै विश्वविद्यालय सेवा आयोग गठन गर्नुपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार