कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार १२:३३:३२
२८ मंसिर, काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड बीच आज एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यो सम्झौता बमोजिम क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
कुमारी क्यापिटल लिमिटेडले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ । त्यस्तै भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो ।
यो आरबीआई द्वारा इजाजतपत्र प्राप्त कम्पनी हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक शेयरहरू, लगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको कुमारी क्यापिटलले जनाएको छ ।
यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय, र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुवै कम्पनी बीच भएको यो सम्झौता अन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्ने छ । यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पु¥याउने विश्वास लिइएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर समारोहमा, कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रूपमा रहेको उल्लेख गर्दै, यसले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र वैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।
त्यस्तैगरी, ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडका तर्फबाट स् ले नेपाल जस्तो सम्भावनायुक्त बजारमा लगानी गर्न आफूहरू निकै नै उत्साहित रहेको भनाई राख्दै कुमारी क्यापिटल जस्तो स्थापित स्थानीय साझेदारले लगानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउनेमा विश्वास व्यक्त गरे ।
सम्झौताअनुसार, कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानुनी र वित्तीय परामर्श, परियोजनाको मूल्याङ्कन, र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लागि लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार