त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १०:४१:२९
३० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आठ संकायमा डीन नियुक्त गरिएको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विभिन्न ८ संकायमा डीन र तीन जना निर्देशक नियुक्त गरेको हो । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार कार्यालयले जानकारी दिएको छ ।
कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरिएको बताइएको छ । सर्वसम्मतिले डीन नियुक्त गरिएको हो भने दोस्रो पटक डीन नदोहोर्याउने नीति अनुसार नियुक्त गरएको छ । छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए । जसअनुसार मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डा. दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राध्यापक डा. मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राध्यापक डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल नियुक्त भएका छन् ।
यस्तै इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राध्यापक डा. शंकर खनाल नियुक्त भएका छन् भने डा. लक्ष्मीकान्त शर्मालाई योजना निर्देशनालयका निर्देशक, डा. राजेन्द्र कुँवरलाई शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक र प्राध्यापक डा. मिनाराज भण्डारीलाई व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको परिषदले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार