सशस्त्र प्रहरी मुख्यालयले थाल्यो बयान: धनुषाका एसपी गिरी, ३ डीएसपीसहित दर्जन अधिकृत माथि कारबाहीको तयारी

नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १४:२८:२४

४ पुस, काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले सीमा सुरक्षा र प्रस्तावित गुल्म तथा बीओपीमा कार्यरत करिब एक दर्जन अधिकृतलाई मुख्यालयमा तानेर बयान लिइरहेको छ । गत सातादेखि सशस्त्र प्रहरीको कानुन शाखाले उनीहरूमाथि अनुसन्धानको क्रममा बयान लिँदै सख्त कारवाहीको तयारी गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पटकपटक सचेत गराउँदा पनि अटेर गरेपछि उनीहरुलाई मुख्यालय तानिएको हो । अझ धनुषाका एसपी दर्शन गिरीले त आफ्नै बाहिनीका डीआईजीकाे आदेश निर्देशन समेत अटेर गर्न थालेको बताइन्छ । आईजीपी अर्यालको विशेष आदेशमै उनीहरुलाई तानेर बयान भइरहेको मुख्यालय स्रोतले नेपालबहसलाई बतायो ।
सशस्त्र मुख्यालयले गत साता धनुषा स्थित ८ नं. गणका गणपति दर्शन गिरी, कपिलवस्तुको मुख्य भन्सार नाका कृष्णनगर बीओपीका प्रमुख डीएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु कै प्रस्तावित चाकरचौडा गुल्मका गुल्मपति डीएसपी जयराम बस्नेत, बाराको प्रस्तावित मटिअर्वा गुल्मका गुल्मपति डीएसपी विदुर भट्टराईलाई मुख्यालय तानेर ४ दिनदेखि घनीभूत बयान लिँदै कारवाहीको प्रकृया शुरु गरिएको छ ।
यसैगरी बीओपी नवराजपुर सिरहाका सशस्त्र प्रहरी निरीक्षकहरू रोशन थापा, अमदुवा सुनसरीका प्रकाशविक्रम कार्की, नोचा मोरङका जयबहादुर दथेपुथे, महोत्तरीको सम्सीका कृष्णबहादुर गुरुङ, धनुषाको फूलगामा बीओपीका गणेश कुमार बोहोरा र झापाको तिरिङगा बीओपीका सई खेमबहादुर कटवाल रहेका छन् ।
मुख्यालय झिकाइएकाहरुका बारेमा पटक पटक हेलो सरकार र उजुरी छानविन शाखामा चोरी तस्करी गराएका, अपराधी र तस्करहरूसँगको मिलेमतोमा लाइन बाँडेर राजश्व चुहावट गराएको लगायतका दर्जनौं उजुरी परेको बताइएको छ ।
उक्त उजुरीमा कपिलवस्तु जिल्लामा कृष्णनगर भन्सार, भिल्मी, डालपुर, जवाबैराठ, हर्दौना लगायतका बीओपी छन । तर खुला सीमा हुँदै नेपालबाट भारततर्फ तथा भारतबाट नेपाल भित्रिने अवैध मालसामान रोक्न सकिएको छैन । कपडा, मोटरपार्टस, खाद्यान्न, सेतो अण्डा, माछा, जुत्ता चप्पल, लागूऔषध लगायतका सामान सुरक्षा निकायकै मिलेमतोमा चोरी निकासी पैठारीको माध्यमबाट निर्वाध रुपमा भित्रिदै आएको छ। कहिलेकाहीँ सशस्त्र प्रहरीले तस्करीको मालसामान समाते पनि तस्कर र वास्तविक व्यवसायीलाई समातेको छैन । कपिलवस्तुमा एसपी रामजंग पाण्डे रहेका छन् । सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीकै मिलेमतोमा जिल्लामा तस्करी बढेको हो । सीमा क्षेत्रमा रहेका बीओपीहरूले एसपी पाण्डेको मौन स्वीकृतिमा अवैध रकम संकलन गरिरहेको छन् ।
सीमा नाकाबाट रातिमात्र नभएर दिउँसै लाखौं रूपैयाँका सामानहरू अवैध रूपमा भित्रिने गरेको छ । तर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन छन् । तस्करहरूले बीओपीमार्फत् सशस्त्र प्रहरी उपरीक्षकसम्म रकम खुवाएका कारण सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन बस्ने गरेको दावी उजुरीमा गरिएको छ ।
सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पार्ट्स, खसी–बोका, चप्पललगायतका सामग्रीहरू तस्करी हुने गरेको छ । तर यहाँ खटिएका सशस्त्र प्रहरीहरू कमाउ धन्दामा लागेका छन् । जिल्लाको कृष्णनगर पश्चिमका सीमा नाका, कृष्णनगर आसपास, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकामा तस्करीका घटना बढेका छन् ।
नेपाल–भारत खुला सीमानाको फाइदा उठाउँदै कृष्णनगर, बहादुरगंज, महाराजगन्ज, चन्द्रौटा लगायतका नजिकका ठूला व्यापारीको संरक्षणमा दर्जनौं क्यारियरहरु ओसारपसार गर्ने गरेका छन भने नेपाल प्रहरी, प्रहरी चौकी र बीओपीहरु तस्करी नियन्त्रण गर्न असमर्थ रहेकै कारण त्यहाँबाट दुई डीएसपीलाई तानेर कारवाही शुरु गरिएको स्रोतको दावी छ ।
यस्तै नवराजपुर बीओपी सिरहाका इन्स्पेक्टर रोशन थापाले सिरहाका सशस्त्र एसपी नरेश भण्डारीकै सहमतिमा तस्करीको सामान छुटाउने गरेको उजुरी मुख्यालयमा परेको थियो । कोशी प्रदेशका सशस्त्र प्रहरी डीआइजी शम्भु सुवेदीको निर्देशनमा बीओपी अमडुवा सुनसरीका इन्स्पेक्टर प्रकाशविक्रम कार्कीले तस्करीलाई प्रश्रय दिएको उजुरी मुख्यालयमा परेको थियो । सोही आधारमा कार्कीलाई तानेर कारवाही थालिएको हो ।
मोरङस्थित नोचा बीओपी जयबहादुर दथेपुथेले मोरङका सशस्त्र एसपी विश्व खड्काको घुमुवा समेत बसेर सीमावर्ती पूर्वी नाकाबाट संगठित तस्करीको सञ्जाल चलाएको उजुरी परेको छ । एसपी खडका यसअघि नै तस्करीकै अभियोगमा मुख्यालय तानेर १ महिनाको छानविन पछि शक्तिकेन्द्रको दवावमा पुनः मोरङ फर्किन सफल भएका अधिकारी हुन । डीआईजी सुवेदी र एसपी खड्काको इन्स्पेक्टर जयबहादुरलाई विशेष आर्शीवाद रहेको छ । तर डीआइजी सुवेदी बारे सशस्त्र प्रहरी मुख्यालय मौन रहेको छ । इन्स्पेक्टर दथेकुथेलाई पनि तानेर कारवाहीको तयारी थालिएको छ ।
धनुषा ८ नं गणका एसपी दर्शन गिरीसहित उनकै मातहतको बीओपी फूलगाभामा कार्यरत गणेशकुमार बोहोरा, सम्सी बीओपी महोत्तरीका कृष्णबहादुर गुरुङलाई पनि तस्करी र अवैध धन्दालाई प्रश्रय दिएको आरोपमा मुख्यालय तानेर सीमा सुरक्षा विभागमा हाजिर गराइएको छ । उनीहरुको दैनिक कानुन शाखामा बयान जारी रहेको छ ।
धुनषाका एसपी दर्शन गिरीकै निर्देशनमा बोहोराले सीमा क्षेत्रबाट कुखुरा लगायतका सामाग्रीहरु तस्करीमा सहयोग गरेका थिए । गिरीलाई पनि दोस्रो पटक मुख्यालयले सोधपुछ गरिरहेको छ । उनलाई पनि कारवाहीको तयारी भइरहेको छ । उनी कारवाही रोक्न विभिन्न शक्तिकेन्द्र धाइरहेको स्रोतले जनाएको छ ।
महोत्तरीमा विनोद केसी एसपी रहेका छन् । उनी पनि तस्करीमा नियन्त्रणमा मौन रहेका छन् । महोत्तरीबाट नुनदेखि सुनसम्मको अवैध कारोबार हुने गरेको छ । अहिले कुखुराका चल्ला र कुखुराको मासु पनि व्यापक तस्करी हुने गरेको छ । त्यसका अतिरिक्त चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा र सुर्तीजन्य पदार्थको पनि तस्करी हुने गरेको छ । नेपालतर्फबाट भने मदिरा, चाइनिज लसुन र स्याउ तथा सुपारी तस्करी हुने गरेको पाइन्छ ।
डीएसपी विदुर भट्टराई बाराको प्रस्तावित मटिअर्वा गुल्मपति छन । पछिल्लो समय बारा जिल्लाबाट व्यापक रूपमा तस्करी भइरहेको छ । यहाँका मटिअर्वा, जीतपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र कवहीगोठबाट बढी तस्करी भइरहेको छ । ‘मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम तस्करी भइरहेको छ । फरक यति छ कि कहीँ कम छ भने कहीँ बढी तस्करी हुन्छ’, स्रोतले भन्यो ।
यसैगरी झापाबाट सई खेम कटुवाललाई झापाको टिरिङ्गाबाट तानेर कारवाहीको तयारी थालिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । “यसपटक आईजीपी सापले कसैको सुन्ने वाला हुनुहुन्न, तानिएकाहरु अब फर्केर दरबन्दी जाने परिस्थिति छैन,” मुख्यालय स्रोतले नेपालबहसलाई भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार