असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
नेपालबहस संवाददाता
पुस ९, २०८१ मंगलबार १५:१३:२६
९ पुष, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका मिलन आचार्यले बाबु र भाइको आफूले हत्या गरेको स्वीकारेका छन् । परिवारको उद्देश्य पुरा गर्न नसक्ने अवस्था आएपछि परिवारलाई नै सखाप बनाएपछि मात्र मुक्ति पाउन सकिने सोच उनमा पलाएको थियो । आत्मसमपर्णपछि प्रहरीसमक्ष उनले यस्तै बयान दिएका छन् ।
मंगलबार आत्मसमर्पण गर्दै उनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । हत्या गरेको दुई दिनपछि मिलन आफै सम्पर्कमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीसँग सोधपुछ गरिरहेको छ । मिलन आचार्यले आइतबार बिहान बुबा र भाइको हत्या गरेका थिए । उनले बुबा कुलप्रसाद र भाई प्रविणमाथि सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेको प्रहरीलाई बताएका छन् ।
हत्यापछि आफूलेसमेत झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको तर सफल नभएको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मिलनले बुबा कुलप्रसाद र भाई प्रविणको हत्या योजनाअनुसार गरेको बयान दिएका छन् । बुबाले धेरै नै माया गर्नुहुन्थ्यो । मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो । मैले प्रयाससमेत गरेँ । तर, ६–७ पटक परीक्षा दिँदासमेत पास भइनँ । त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो । त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ, उनले प्रहरी समक्ष भनेका छन् ।
भाइ प्रविण पनि सधैँ दिउँसो १२ बजेसम्म सुत्ने र केही गर्न नसक्ने भनेर हत्या गरेको बताएका छन् । बुबा र भाइको हत्याको योजना केही दिनअघि देखिनै बनाएर गरेको पनि प्रहरीलाई बताएका छन् । हत्या आइतबार बिहान करिब चार बजेतिर गरेर कोठा बन्द गरेको बयान दिएका छन् । मिलनले परिवारका अन्य सदस्यलाई पनि मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् ।
प्रहरीले उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार हत्यालगत्तै कोठाबाट आत्महत्या गर्न मिलन भक्तपुरको बिरुवा पुगेको बयान दिएका छन् । तर, आत्महत्या गर्न नसकेपछि उनी त्यहाँबाट फर्किएर भक्तपुरस्थित दरबार स्क्वायर पुगेका थिए । आइतबार दिनभर दरबार स्क्वायरमा नै बसेको प्रहरीको बयानमा बताएका छन् ।
गत शनिबार उनीहरू डेरामा खाना खाएर सुतेका थिए । तर सोमबार बिहानसम्म पनि डेराको ढोकामा बाहिरबाट लगाएको ताला नखुलेपछि भुइँ तलामै डेरामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर हेर्दा बाबु र भाइको बेग्लाबेग्लै कोठामा शव फेला परेको थियो भने जेठा छोरा मिलन डेरामा थिएनन् । उनी शनिबार राति नै डेरा बाहिर निस्केको सिसिटिभी फुटेजमा देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
अमेरिकाको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुग्यो, १२ हजार घर ध्वस्त
पुष २८, २०८१ आइतबार
नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश वितरण गर्दै
पुष २८, २०८१ आइतबार
नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
पुष २८, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से १६.५८ अंकले बढ्यो
पुष २८, २०८१ आइतबार
जनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने
पुष २८, २०८१ आइतबार
सुनको भाउ तोलामा १६ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?
पुष २८, २०८१ आइतबार