पाँच विद्यालय आपसमा गाभिए, राष्ट्रपति रनिङशिल्डको उपाधि महेन्द्र ज्योतिलाई
इन्द्र रिजाल
बैशाख २४, २०७६ मंगलबार १४:९:५१
दमौली । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालयमा गाभिएको छ ।
ती विद्यालयलाई नजिकको अन्य विद्यालयमा समायोजन गरिएको व्यास नगरपालिका शिक्षा शाखाका अधिकृत रामेश्वर लामिछानेले जानकारी दिए । उनका अनुसार छाब्दीबाराहीलाई केशवटार माध्यमिक विद्यालयमा, भवानीलाई महेन्द्रज्योति माध्यमिक विद्यालयमा र अन्य विद्यालयलाई नजिकको बाल विकास केन्द्रमा समायोजन गरिएको छ ।
प्रतियोगितामा छात्र/छात्रा भलिबल र एथेलेटिक्सतर्फ १०० मिटर, ४०० मिटर र एक हजार ५०० मिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । छात्र भलिबलमा महेन्द्रज्योति मावि प्रथम हुन सफल भएको छ । महेन्द्रज्योतिले फाइनलमा चन्द्रज्योतिलाई पराजित गरेको थियो । छात्रा भलिबलमा भने चन्द्रज्योति मावि प्रथम भएको छ । चन्द्रज्योतिले घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माविलाई फाइनलमा पराजित गरेको स्रोतव्यक्ति दामोदर खनालले जानकारी दिए । छात्रछात्रातर्फ दुवै विधाका प्रथम र द्वितीयलाई प्रमाणपत्रसहित क्रमशः नगद रु १० हजार र आठ हजारले पुरस्कृत गरिएको छ ।
उनले भने, “विद्यालयमा १० भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको हो ।” नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको उनले जानकारी दिए ।
व्यास नगर शिक्षा ऐन, २०७५ को परिच्छेद २ मा तोकिएको पूर्वाधार पूरा नभएको, अधिकांश कक्षामा १० भन्दा कम विद्यार्थी सङ्ख्या भएको, दुई वा सोभन्दा बढी विद्यालयको परिसर एकापसमा जोडिएको, दुई वा सोभन्दा बढी विद्यालयबीचको पैदलदूरी ३० मिनेटभन्दा कम रहेको र दुई वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको खण्डमा विद्यालय समायोजन गर्न सक्ने प्रावधान छ ।
ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु
व्यास नगरपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । यसअघि महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएको परिचयपत्र पहिलोपटक नगरपालिकाले वितरण शुरु गरेको हो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता बुझ्न परिचयपत्र आवश्यक पर्ने भएपछि नगरपालिकाले परिचयपत्र वितरणको थालनी गरेको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले सोमबार ५०० ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।
वडा कार्यालय वा नगरपालिकाको महिला तथा बालबालिका कल्याण शाखामा निवेदन दिएपछि तत्कालै परिचयपत्र उपलब्ध गराइने शाखा प्रमुख राधा वाग्लेले बताए । ज्येष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका २०७४ बमोजिम सरकारले ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दै आएको छ । नगरपालिकाले अपाङ्गता परिचयपत्रसमेत वितरण शुरु गरेकामा पहिलो दिन सोमबार नौ जनाले उक्त परिचयपत्र लिएको जनाएको छ ।
राष्ट्रपति रनिङशिल्डको उपाधि महेन्द्र ज्योतिलाई
तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि घिरिङ गाउँपालिका–४ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुँदै महेन्द्रज्योतिले रनिङशिल्डको उपाधि जितेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा सात विद्यालयका विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा छात्र/छात्रा भलिबल र एथेलेटिक्सतर्फ १०० मिटर, ४०० मिटर र एक हजार ५०० मिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । छात्र भलिबलमा महेन्द्रज्योति मावि प्रथम हुन सफल भएको छ । महेन्द्रज्योतिले फाइनलमा चन्द्रज्योतिलाई पराजित गरेको थियो । छात्रा भलिबलमा भने चन्द्रज्योति मावि प्रथम भएको छ । चन्द्रज्योतिले घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माविलाई फाइनलमा पराजित गरेको स्रोतव्यक्ति दामोदर खनालले जानकारी दिए । छात्रछात्रातर्फ दुवै विधाका प्रथम र द्वितीयलाई प्रमाणपत्रसहित क्रमशः नगद रु १० हजार र आठ हजारले पुरस्कृत गरिएको छ ।
एथेलेटिक्स १०० मिटर दौडमा छात्रतर्फ चन्द्रज्योतिका थमसिहं थापा प्रथम, महेन्द्रज्योतिका सन्तोष कुमाल द्वितीय र कृष्णका विमल खाँड तृतीय भए । छात्रातर्फ कृष्णकी सुस्मिता श्रेष्ठ प्रथम, चन्द्रज्योतिकी केपिला श्रेष्ठ द्वितीय र महेन्द्रकी अस्मिता कुमाल तृतीय भइन् । ४०० मिटर दौडमा छात्रतर्फ सरस्वतीका सुमन थापा प्रथम, महेन्द्रज्योतिका कुलबहादुर कुमाल द्वितीय र चन्द्रज्योतिका सोमबहादुर थापा तृतीय भए भने छात्रातर्फ चन्द्रज्योतिकी निशा थापा प्रथम, महेन्द्रज्योतिकी बुद्धिमाया कुमाल द्वितीय र कृष्णकी नारायणी श्रेष्ठ तृतीय हुन भइन् ।
एक हजार ५०० मिटर दौडमा छात्रतर्फ महेन्द्रज्योतिका मनबहादुर कुमाल प्रथम, चन्द्रज्योतिका दशरथ आले द्वितीय र कृष्णका मनोज थापा तृतीय भए भने छात्रातर्फ चन्द्रज्योतिकी पस्मिता थापा प्रथम, महेन्द्रज्योतिकी गोमती कुमाल द्वितीय र दीपककी शर्मिला कुमाल तृतीय भइन् । विजेताले क्रमशः रु दुई हजार, एक हजार ४०० र एक हजार १०० नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले पुरस्कार वितरण गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
इजरायली चार बन्धक रिहाको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार