६१ करोड भष्ट्राचार गर्ने एउटा लेखापाल, सम्पत्ति लुकाउन ४ वटी श्रीमतीको प्रयोग
इन्द्र रिजाल
बैशाख २४, २०७६ मंगलबार १४:४१:५७
काठमाडौं । यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार श्रीमतीका नाममा पाँच करोड सम्पत्ति राखेको अनुसन्धानबाट खुलेको छ ।
उनका चार श्रीमतीमा दुर्गा अधिकारी, दीपा श्रेष्ठ अधिकारी, सुस्मिता अधिकारी र सोममाया श्रेष्ठ छन् । सबैका नाममा अकुत सम्पत्ति राखेको पाइएकाले उनीहरू विरुद्धसमेत मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । अधिकारीले सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतको नाममा पनि सम्पत्ति राखेकाले उनीहरूविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
दुई वर्षअघि नै ६१ करोड राजस्व हिनामिनाको मुद्दा दर्ता
अधिकारीविरुद्ध दुई वर्षअघि ६१ करोड रुपैयाँ राजस्व हिनामिनाको अभियोगमा मुद्दा दायर भएको थियो । उनले वर्षौंसम्म कार्यालयका अन्य कर्मचारीलाई प्रभावमा पारेर कागजमा राजस्व जम्मा भएको देखाएर आफैँले हिनामिना गर्दै आएका थिए । जसमा तीन उपसचिवसहित आठजना विरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यसरी कमाएको सम्पत्ति उनले मोजमस्तीमा सकाएका थिए । उनको विभिन्न ठाउँमा घरजग्गा रहेको आयोगले जनाएको छ ।
गाविस सचिवबाट सरकारी सेवा सुरु
अधिकारीले ०५९ मा गाविस सचिवबाट सरकारी सेवा सुरु गरेका थिए । ०६० देखि ०६५ सम्म नेपाल टेलिकमको चौथो तहमा काम गरे । ०६५ चैतमा निजामतीतर्फ लेखापालका रूपमा नियुक्त भएका थिए । ०६७ देखि ०७४ सम्म यातायात व्यवस्था कार्यालय इटहरीमा काम गरेका थिए । पटक–पटक सरुवा हुँदा पनि रमाना नलिई उनी त्यहीँ बस्दै आएका थिए । राजस्व हिनामिना भएको सूचनाका आधारमा यातायात व्यवस्था विभागले छानबिन टोली गठन गरी अनुसन्धान गर्दा अनियमितता देखिएपछि अख्तियारलाई पत्राचार गरेको थियो ।
अघिल्लो पटक मुद्दा दायर हुँदा उनी धरौटीमा छुटेका थिए । आयोगले उनलाई फरारका रूपमा मुद्दा दायर गरेको छ । बयानका क्रममा आयोग गएका उनी मुद्दा दायरको वेलामा भने उपस्थित भएनन् । आयोगले समेत पक्राउ नगरी मुद्दा पेस गरेको छ । यातायात कार्यालय देशको सर्वाधिक भ्रष्टाचार हुने कार्यालयमध्ये पर्दछ । यातायातसम्बन्धी भ्रष्टाचारमा पछिल्लो पाँच वर्षमा एक सय २३ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । नयाँ पत्रिकाबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार